४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सङ्खुवासभा हत्या प्रकरणः मृतकको अन्त्येष्टि गरियो, दोषि पत्ता अझै लागेन



सङ्खुवासभा ।
सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङको खोलागाउँमा भएको हत्याकाण्डमा मारिएका ६ जना मृतकको सुनसरीको बूढीखोलामा अन्त्येष्टि गरिएको छ । उनीहरूको आज मङ्गलवार बेलुकी अन्त्येष्टि गरिएको हो ।

अस्पतालले बेलुकी ५ बजेतिर आफन्तलाई शव जिम्मा दिएको र बूढीखोलामा अन्त्येष्टि गरिएको मादी नगरपालिका १ का वडाध्यक्ष खेमनाथ कटुवालले बताउनुभयो ।

मृतकहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । दाँहसंस्कार गर्न मृतक तेजबहादुरका कान्छा छोरा नरेश कार्की मङ्गलवार राति धरान आइपुग्नुभएको थियो । उहाँले परिवारका सबैलाई दागबत्ती दिएको वडाध्यक्ष कटुवालले बताउनुभयो ।

यता जिल्लाका सुरक्षाकर्मी र सङ्घीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक ९एसपी० भीम दाहाल नेतृत्वको विज्ञ टोलीसहित तालिम प्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेपछि फर्किएको छ । घटनाको थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीको नेतृत्व गर्दै प्रहरी नायब उपरीक्षक ९डीएसपी० रुकमबहादुर कुँवर घटनास्थल आइपुग्नुभएको छ ।

गएको सोमवार बिहान मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा स्थानीयवासी बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७८ बिहिबार ००:००  ७ : ०२ बजे