४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले अवरोधबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस



काठमाडौं ।
प्रतिनिधिसभाको बैठक भदौ २५ गतेसम्मलाई स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका छन् ।

बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । त्यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनय समेत गरेका थिए ।

एमाले अवरोधका कारण बैठक दुईपटक स्थगित भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८ बुधबार ००:००  ५ : ५१ बजे