४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमालेले निष्कासन गरेका १४ सांसद उपस्थित भए संसद् चल्न नदिइने अध्यक्ष ओलीको अडान




काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निष्कासन गरेका १४ जना सांसद आजको संसद् बैठकमा उपस्थित भएमा सदन चल्न नदिने चेतावनी दिनुभएको छ ।

एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफूहरूले हटाइसकेका व्यक्ति सांसद पदमा नरहेको भन्दै गैरसांसदको उपस्थितिमा सदन चल्न नदिइने बताउनुभयो । एमालेले बर्खास्त गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखप्रति आक्रोशित भइरहने ओलीले आजको संसदीय दलको बैठकमा पनि सापकोटाको आलोचना गर्नुभएको थियो ।

माधव नेपालसहितका १४ जना सांसदलाई साउन २५ गते नै निष्कासन गरिएकाले आजको बैठकमा उनीहरू उपस्थित हुनै नमिल्ने ओलीको तर्क छ ।

यदि एमालेले कारबाही गरेका व्यक्ति सांसद पदमा रहिरहने हो भने माओवादीले कारबाही गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतका व्यक्तिलाई पनि हाजिर गराउनुपर्ने ओलीको जिकिर छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८ बुधबार ००:००  १ : ४३ बजे