४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै



काठमाडौं ।
संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नु भएको हो ।

बैठकमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची छन् । सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने भनिएको छ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेस गर्ने कार्यसूची छ ।

एमालेसँग छलफलबिनै दल टुक्र्याउने अध्यादेश टेबल गरे संसद् अवरोध हुने सम्भावना छ । गएको साउन ३२ गते सरकारले अधिवेशन अन्त्य गरेको थियो । त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८ बुधबार ००:००  ८ : ४४ बजे