४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुमा एक जना जनप्रतिनिधिले रोजे नेकपा (एस)



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा एक जना जनप्रतिनिधिले मात्र नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । शिवराज कार्यपालिका सदस्य रहनुभएकी निर्मला सुनारले एकिकृत समाजवादी पार्टीमा मंगलबार सनाखत गर्नुभएको हो ।

सुनारले जिल्ला निर्वाचनमा पुगि सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो ।

कार्यपालिका सदस्य सुनार लाई राजनितिमा ल्याउने अब्दुल रउफ एकिकृत समाजवादी पार्टीमा लागेपछि उहाँ पनि उतै लाग्नुभएको हो । राजनितिक अभिभावक भएकोले उहाँकै लाईनमा आफु रहेको उहाँले प्रतिकृया दिनुभएको छ ।

एकीकृत समाजवादीका जिल्ला संयोजक लंका बहादुर हमालले एक जना जनप्रतिनिधि भएपनि नेकपा (एस)मा आउनु स्वागतयोग्य भएको बताउनुभयो । कतिपय जनप्रतिनिधिलाई दबाब र प्रलोभनमा पारिएको भन्दै सोचे जस्तो जनप्रतिनिधि आफ्नो पार्टीमा ल्याउन नसकिएको उहाँले स्विकार गर्नुभयो ।

हिजो टिकट वितरण गर्दा आफ्नो गुटकालाई मात्र दिएकाले जनप्रतिनिधि सहजै पुर्नगठित पार्टीमा आउन नसकेको उहाँको जिकिर छ । यद्यपि पार्टीको ठूलो पंक्ति भने नेकपा (एस)मा आउन चाहेको बताउनुभयो । आगामी चुनावसम्म धेरै नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा आउने उहाँले दाबी गर्नुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०७८ बुधबार ००:००  ७ : २९ बजे