४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

देवकोटाले पाए वाईसीएल संयोजकमा जिम्मा



काठमाडौं ।
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् । त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । संयोजकमा देवकोटा र सेर्पालीले दावी गरेका थिए ।

वाईसीएलले सहमति जुटाउन नसकेपछि नेतृत्व छान्ने जिम्मा माउपार्टीका अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८ मंगलबार ००:००  ४ : १८ बजे