४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सांसद पन्थीद्धारा गुरुकुलका बटुकहरुलाई सहयोग



मायादेवी अनलाइन, वाणगंगा ।
श्री मनकामना संस्कृत विद्या पिठ गुरुकुल नन्दनगरको विकास र संरक्षणमा विशेष ध्यान दिदै आउनु भएका सांसद विष्णु पन्थीले आफनो जन्मोत्सवको अवसर पारेर बटुकहरुलाई भण्डारा लगाउनुभएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका २ स्थित नन्दनगरमा रहेको कैलाश आश्रम गुरुकुलमा अध्ययनरत बटुकहरुका लागि भण्डाराको लागि दान गर्नुभएको हो । सांसद पन्थी र उहाँको परिवारले आज विहान पुजाआजा गरी गुरुकुलमा अध्ययनरत बटुकहरुको एक दिनको खाना बराबर १० हजार १ सय ११ रुपैया दान गर्नुभएको हो । दान रकम विद्यापीठका गुरु युवराज वेल्वासेलाई सांसद पन्थीले आज हस्तान्तरण गर्नुभएको हो ।

उहाँले गुरुकुलको संरक्षण र विकासमा आफु सदैव लागिरहेको बताउदै कैलाश आश्रम गुरुकुल मार्फत धर्म, संस्कार र संस्कृतिलाई बचाउनुपर्ने बताउनुभयो । हरेक व्यक्तिले जन्मोत्सवहरु सामाजिक कार्य गरेर मनाउदा त्यसले सकारात्मक सन्देश दिने बताउदै पन्थी परिवारले हरेक वर्ष गुरुकुलमा आएर दान गर्ने गरेको बताउनुभयो । उहाँले आश्रममा रहेको अष्ट चिरन्जीविको पुजा आजा समेत गर्नुभएको थियो । अष्ट चिरन्जीविको पुजा गरेपछि दीर्घायु हुने धार्मिक मान्यता रहेको छ ।

वाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रम गुरुकुलको विकास र संरक्षणमा निरन्तर सहयोग पुरयाउदै आउनु भएका प्रदेश सांसद विष्णु पन्थी र उहाँकी धर्मपत्नी अनुपमा पन्थीले आफना जीवनका महत्वपूर्ण घटनाक्रमको अवसर पारेर गुरुकुललाई सहयोग प्रदान गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८ मंगलबार ००:००  ११ : ५३ बजे