४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज सामान्यदेखि पूर्ण बदली रही बर्षा हुने



काठमाण्डौँ ।

देशभर आज सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेको मौसमविद्ले बताएका छन् । साथै देशको पश्चिमी तराई क्षेत्र नजिक मनसुनको न्यून चापिय रेखा रहेको छ।

देशका धेरै स्थानहरूमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको, पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८ मंगलबार ००:००  ७ : १८ बजे