४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ताप्लेजुङका नौ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा




काठमाण्डौँ ।
जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित ताप्लेजुङका नौ जना जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० पार्टीका पक्षमा आइतबार सनाखत गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपालीसहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २ का सदस्य पूर्णबहादुर कामी, वडा नं–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, दलित महिला सदस्य दिलमाया नेपाली र समन्वय समिति सदस्य निमातेन्जी शेर्पाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८ सोमबार ००:००  ८ : ३२ बजे