४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लुम्बिनी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्गसहित भारी बर्षा हुने




काठमाण्डौँ ।

देशका अधिकांश स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ ।बागमती प्रदेशसहित प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि सोमबार बिहानैदेखि वर्षा भइरहेको छ । बिहानैदेखिको वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको सतह बढेको छ ।

आज दिउँसो पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

पानी पर्ने क्रम सोमबार राति पनि नरोकिने महाशाखाले जनाएको छ ।

आज राति गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

हाल नेपालमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८ सोमबार ००:००  ८ : २७ बजे