४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बाणगंगाका १९७७ विद्यार्थीले आजबाट खोप पाउँदै, लगाउन कहाँकहाँ जाने ?



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यार्थीहरुको लागि एस्ट्रोजेनिका खोप लगाइने भएको छ । १८ उमेर समुह पुगेका विद्यार्थीले बिभिन्न ६ केन्द्रमा गएर आजदेखि खोप लगाउन सक्ने छन् ।

खोप लगाउने कार्यक्रम विहान साढे १० बजेपछि साढे ४ बजेसम्म छ । नगरपालिकाद्धारा आइतबार जारी गरिएको सूचना अनुसार सोमबार (आज) , मंगलबार र बुधबार विहान १० बजेदेखि दिउसो साढे ४ बजेसम्म खोप लगाउने कार्यक्रम छ ।

३ दिनमा नगरका १९७७ विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताउनु भयो । खोप लगाउन आउँदा विद्यार्थीले विद्यालयले प्रमाणित गरेको नामावली, उमेर खुल्ने प्रमाणसहित परीक्षा प्रवेश पत्र र एक जना अनिवार्य शिक्षक प्रतिनिधि लिएर आउनु पर्ने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।

जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णय अनुसार जिल्लाका बिभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीको खोप लगाउन लागिएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७८ सोमबार ००:००  ८ : २१ बजे