४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित




काठमाण्डौँ ।
दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ ।दशरथ रङ्गशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक गोल गरेको हो । भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले र ८० मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरे । नेपालका लागि ८६ औं मिनेटमा तेज तामाङले गोल गरे पनि बराबरी वा जितको लागि पर्याप्त भएन ।

खेलमा नेपालले गोलका कयौँ मौका पाए पनि गोल गर्न भने सकेन । यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८ सोमबार ००:००  ८ : १० बजे