४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भोलिदेखि ३ दिन बाणगंगामा विद्यार्थीको लागि एस्ट्रोजेनिका खोप लगाइँदै (केन्द्रको सूचीसहित)



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यार्थीहरुको लागि एस्ट्रोजेनिका खोप लगाइने भएको छ । १९ विद्यालय स्कुल र क्याम्पसका १८ उमेर समुह पुगेका विद्यार्थीको लागि पहिलो डोज खोप लगाउन लागिएको हो । यसको लागि ६ केन्द्र तोकिएको छ ।

नगरपालिकाद्धारा आइतबार जारी गरिएको सूचना अनुसार सोमबार (भोली) , मंगलबार र बुधबार समय तोकेर खोप लगाइने जनाइएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णय अनुसार जिल्लाका बिभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीको खोप लगाइने छ ।

खोप लगाउन आउँदा विद्यार्थीले विद्यालयले प्रमाणित गरेको नामावली, उमेर खुल्ने प्रमाणसहित परीक्षा प्रवेश पत्र र एक जना अनिवार्य शिक्षक प्रतिनिधि लिएर आउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताउनु भयो ।
हेर्नेहोस् यस्तो छ सूची

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  ४ : ५० बजे