४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा नेकपा एस ठूलो दल, थप तीन सांसदको सनाखत



कैलाली ।

सुदूरपश्चिममा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादी रोजेपछि एमाले सानो दल भएको हो । सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् । अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  ४ : १७ बजे