४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कुलमानको नियुक्ति विरुद्धको रिटमा आज पनि सुनुवाइ भएन



काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिटमा आज पनि सुनुवाइ हुन सकेन । घिसिङको नियुक्ति विरुद्ध पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराको इजलाशमा परेको थियो । प्रधानन्यायाधीश राणाको व्यस्तताका कारण आज सुनुवाइ गर्न नभ्याइएको सर्वोच्चले जनाएको छ । अर्को पेशी २७ गते आइतवारको लागि तोकिएको छ । यसअघि भदौ ८ गते सर्वोच्चले कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निवेदनमा माग गरेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै नियुक्तिसम्बन्धी फाइल पेस गर्न भने आदेश दिएको थियो ।

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्त गरे पनि अहिले गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले साउन ३२ गते सर्वोच्चमा निवेदन दिनुभएको थियो । निवेदनमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएर आफूलाई पुनर्बहाली गर्न शाक्यले माग गर्नुभएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  ४ : ०७ बजे