४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

संस्थागत बिद्यालयमाथि राज्यकै बिभेद छः साँसद पन्थी



मायादेवी अनलाइन, चारनम्बर ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य बिष्णु पन्थीले राष्ट्रिय शिक्षाको अवस्था सुधारमा भुमिका खेले पनि संस्थागत बिद्यालय (निजी बिद्यालय) लाई राज्यले बिभेद गरेको बताएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारी स्थित स्काई लार्क ईग्लिस बोर्डिङ्ग स्कुलद्वारा आयोजित तिन दिने मन्टेश्वरी तालिम तथा वर्कसप समापनका अवसरमा प्रदेशसभा सदस्य पन्थीले सो बिचार व्यक्त गरे ।

निजी क्षेत्रबाट संञ्चालित संस्थागत बिद्यालय हटे शिक्षाको गुणस्तर खस्किन सक्ने बताउदै निजी बिद्यालयले शिक्षामा गुणस्तर र रोजगारी दिएको उनको भनाई थियो । राज्यको ढुलमुले नितीका कारण सामुदायिक (सरकारी) बिद्यालयको बिकास नभएको उनको आरोप थियो । बालबालिकालाई व्यवहारिक शिक्षा दिनु पर्नेमा जोड दिएका साँसद पन्थीले बिद्यार्थीले शिक्षकको व्यवहार नजिकबाट नियाल्ने र आदर्श मान्ने भएकाले शिक्षकहरु आफनै व्यवहारमा समेत सजग हुन आवश्यक रहेकोमा जोड दिए ।

राज्यको बिभेदपुर्ण हेराईका बिच पनि आफुहरुले शिक्षामा आमुल परिर्वतन गर्न सक्नेमा बिश्वस्त रहेको बिद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले बताए । कोभिडका बेला अन्य क्षेत्र भन्दा निजी बिद्यालयको आर्थिक अवस्था धरासायी भए पनि आत्म बिश्वास भने कायम राखिएको उनको भनाई थियो । पुर्वप्राथमिक तहको शिक्षा जटिल रहेकोले शिक्षण बिधी सहि बनाउन तालिमले सहयोग पुर्याउने प्याब्सनका केन्द्रिय सचिवालय सदस्य शवेन्द्रदेव खनालले बताए ।

तालिमले बिद्यालयको सिर्जनात्मक कार्य बृद्धि हुनेमा सञ्चारकर्मी चन्द्रकान्त न्यौपानेको बिश्वास व्यक्त गरे । तालिमका सिपलाई कार्यक्षेत्रमा प्रयोग गरि बालबालिकाको सिकाई उपलब्धी बढाउन आवश्यक रहेको अभिभावक समेत रहेका सञ्चारकर्मी सरोज अर्यालको सुझाव थियो । अभिभावकको भरोसा र चाहना अनुसारको शिक्षा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बिद्यालयका प्रमुख सल्लाहकार रबि काफ्लेले बताए । तालिमले मन्टेश्वरी तहको शिक्षणका कार्यलाई पुर्नताजगी बनाएको प्रशिक्षक साधना भण्डारीले बताईन ।

सहभागी शिक्षीकाहरु दिपीका बज्राचार्य र यशोदा जिसीले तालिमा सिकेको सिपको प्रयोगले सिकाई प्रभावकारी बन्ने बताए । कोरोना संक्रमणका बिच सर्तकता अपनाउदै शिक्षकको प्रतिभा प्रष्फुटन गर्न तालिम आयोजना गरिएको बिद्यालयका एकेडेमिक ईन्चार्ज ध्रुब प्रसाद पौडेलले बताए । शिक्षक केसव पुरीको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा तालिमका सहभागी र अभिभावकको सहभागीता रहेको थियो ।

तालिममा गजेहडाको बाल ज्योति ईग्लिस बोर्डिङ्ग र स्काइलार्कका ५० जना मन्टेश्वरी शिक्षिकाको सहभागिता रहेको थियो । तालिममा मन्टेश्वरी शिक्षण विधि, कोरोनापछि बालबालिकासंग हुने घुलमिलको तरिका, सिकाईमा शैक्षिक सामाग्रीको प्रयोग र बालमैत्री मनावैज्ञानिक शिक्षणविधि बारे व्यवहारीक सेसन सञ्चालन भएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  २ : ३८ बजे