४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाँच प्रतिशतले घटेपछि शेयर कारोबार बन्द



काठमाण्डौ ।

पाँच प्रतिशतले घटेपछि शेयर बजारको कारोबार बन्द भएको छ । बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अङ्क अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज कारोबार भएका दुई सय १५ वटा कम्पनीमध्ये सनराइज बैंक डीबेञ्जर, सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, नविल सम्बृद्धि फण्ड र सिटिजन म्युचुअल फण्डबाहेक सबै कम्पनीको शेयर घटेको छ । बजार बन्द हुनुअघि ४० वटा कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  १ : ३९ बजे