४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बोडगाउँ मोटरसाइकल दुर्घटना अपडेटः घाइते एकको उपचारको क्रममा निधन



कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–८, बोर्डगाँउमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । हिजो बेलुका करिब पौने ८ बजे लु४३प ८०१३ र लु१९प १७२० नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए । १७२० नम्बरका चालक अर्घाखाँचीको ढाकाबाङ गाउँपालिका–६ का २५ वर्षीय मानबहादुर गमालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार राति ९ बजे मृत्यु भएको जनाइएको छ । घाइते अर्का मोटरसाइकल चालक रुपन्देहीको सियारी गाउँपालिका–२ का ३५ वर्षीय राधेश्याम पासीको सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  १ : २० बजे