३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

बिहानी आवास समुहको अध्यक्षमा आचार्य



कपिलवस्तु ।

बिहानी आवास समुहको प्रथम साधारण तथा अधिवेशन सम्पन्न भएको छ। शनिबार भएको भेला बाट सर्वसम्मत नयाँ कार्य समिति छनोट भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा लक्ष्मण आचार्य, उपाध्यक्षमा रितु सोमै सचिब प्रेमबहादुर क्षेत्री, कोषाध्यक्षमा भिमलाल गौतम, सदस्यहरु सृजना घिमिरे अर्याल, बिष्णु दत्त पाण्डे, सन्तराम थारु, दिनानाथ रौतार, खेम बहादुर महत, बालकृष्ण शर्मा, देवश थापा र लेखा समितिको संयोजकमा असिम कडेल क्षेत्री रहनुभएको छ । यस्तै सदस्यहरु रन बहादुर थापा र बिमला थापा साथै सल्लाहकारमा चक्र बहादुर क्षेत्री, भोजराज आचार्य, पुर्ण बहादुर पंगेनि , मनिराम पन्थी र बलराम पौडेल रहनुभएको छ ।
कार्यक्रमको संचालन प्रेमबहादुर थापाले गर्नुभयो थियो भने आवास समुहका सल्लाहकार चक्र बहादुर क्षेत्रीले स्पष्ट खालको कार्य ढाचा बनाई सम्पूर्ण सदस्यहरु लाई समेटी दीर्घकालीन रुप सम्म संचालन गर्नको लागि महत्तवपूर्ण सुझाव दिनु भएको थियो । नयाँ कार्य समितीका अध्यक्ष लक्ष्मण अचार्यले अब आज बाट श्री बिहानी आवाज समुहले एउटा आधिकारिक रूपमा कार्य समिति पाई सके को भन्दै ४ वर्षे कार्यकाल भित्र समुहलाई नमुना आवास केन्द्र बनाउने प्रतिबद्धता गर्नु भयो । उहाले यो अभियानमा सबै सदस्यहरुलाई एकताबद्ध हुन पनि आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  ८ : ५३ बजे