४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज र भोलि दिउँसोभन्दा राति धेरै पानी पर्ने



काठमाण्डौ ।

आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार दिउँसो भन्दा राति धेरै पानी पर्ने सम्भावना छ ।
आज र भोलि दिउँसोको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् बासीको आग्रह छ । वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । भिरालो जमिन भएका ठाउँमा पहिरो जाने खतरा धेरै छ । यस्तै, नदी, खोल्सा आसपासका क्षेत्रमा पनि बाढीको जोखिम भएकाले सावधानी अपनाउन भनिएको हो ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  ८ : ३२ बजे