४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एकीकृत समाजवादीले तोक्यो प्रदेश इञ्चार्ज, क–कसले पाए जिम्मेवारी ? (सूचीसहित)



काठमाण्डौं ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशमा इञ्चार्ज तोकेको छ । नेकपा एकीकृत समाजवादीले शनिबार अन्तरपार्टी निर्देशन जारी गर्दै प्रदेशको पार्टी कामलाई संयोजन गर्न सात भौगोलिक र पाँच गैरभौगोलिकसहित १२ प्रदेशको इञ्चार्ज तोकेको हो । अपानी–१ मा प्रदेश इञ्चार्ज तोक्नुका साथै नेताहरुको जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ ।

जसअनुसार स्थायी कमिटी, सचिवालय र विभिन्न विभागीय जिम्मेवारी तोकिएको छ । एकीकृत समाजवादीले आगामी पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म हाइकमाण्डका रुपमा पाँच सदस्यीय स्थायी कमिटी चयन गरेको छ । जसमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा। बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् ।

साथै, पार्टीको दैनिक कार्य सम्पादनका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा। गंगालाल तुलाधर, डा। विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय पनि गठन गरिएको छ भने केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा। तुलाधरलाई दिइएको छ ।

त्यस्तै, अदालत र निर्वाचन आयोगसम्बन्धी काम हेर्ने जिम्मेवारी नेता राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ भने संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

पार्टीले तोकेका प्रदेश इञ्चार्जहरुमा प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशबलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला रहेका छन् भने सुदूरपश्चिम प्रदेशको सम्बन्धमा पछि तय गर्ने भनिएको छ ।

त्यसैगरी उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा। विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाह रहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  ६ : ०० बजे