४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुको बोडगाउँमा दुई मोटरसाइकल एकआपसमा ठोकिए



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ८ बोर्डगाउँ मोटरसाइकल दुघर्टना हुँदा २ जना गम्भिर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगाको बोर्डगाउँमा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार मध्ये १ जनाको गम्भिर अवस्था भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएको अर्घाखाँचीका मन बहादुर जमलको थप उपचारको लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

लु. १९ प. १७२० र लु. ४३ प. ८०१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल ठक्कर भई घाइते भएपछि उनीहरुको उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ८ : २४ बजे