४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

२० वर्षसम्म हुन नसकेको विकास ओलीले गरेः नेता पुरी



मायादेवी अनलाइन, वाणगंगा ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमन पुरीले केपी ओली सरकारले गरेको राम्रा कामको प्रचार युवा वर्गले गर्नुपर्ने बताउनुभएको छ । २० वर्षसम्म हुन नसकेको विकास केपी ओली सरकारले ३ बर्षमा पुरा गरेको नेता पुरीले बताउनुभयो ।

ओली सरकारले तिब्र गतिमा गरेको विकासका कामलाई देखेर, ओली सरकारको लोकप्रियता देखेर विपक्षी दलहरुले घेराबन्दीमा पारेको बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरस्तरिय भेला तथा अधिवेशनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अब निर्वाचनमा फेरी नेकपा एमाले बहुमत स्थानमा जित्ने दाबी गर्दै त्यसका लागि युवा वर्गलाई एक ढिक्का भएर लाग्न आह्वान समेत गर्नुभयो ।

यस्तै कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सह–इन्र्चाज गिरीधारीलाल न्यौपानेले विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै ५ गठबन्धनको भिडमा अब एमाले एक्लै लाड्ने र त्यो भिडलाई एक्लैले परास्त गर्ने बताउनुभयो । उहाँले विदेशी शक्तिको आडमा नेकपा एमालेलाई फुटाएको औल्याउनुभयो । दुई तिहाईको बहुमत सरकारलाई गिराएर ५ गठबन्धन दलले नेपाली जनताको सपनामाथि कुठाराघात गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सचिव तुल बहादुर अधिकारीले ओली सरकारले देशमा गरेको विकासका कारण नै देशभरी नेकपा एमाले र युवा संघमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनुभयो । उहाँले बाणगंगामा युवाहरुको यति ठूलो उत्साह देख्दा सिंगो पार्टी पंक्ति उत्साहित भएको वताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश सचिवालय सदस्य एवं प्रदेश कार्यालय सचिव बलराम अधिकारीले बोल्दै नेकपा एमाले सरकारलाई गिराउन देशी विदेशी शक्तिको आडमा विभिन्न सडयन्त्र रचेको बताउनुभयो । तर नेपाली जनतामा एमाले प्रतिको विश्वासले गर्दा विपक्षीको विभिन्न सडयन्त्रका बाबजुद केही गर्न नसकेको औल्याउनुभयो ।

एमाले नेता सांसद विष्णु पन्थीले बोल्दै एमालेले थोरै नेता कार्यकर्ता गुमाए पनि जनताको विश्वास आसा, भरोसा नगुमाएकाले फेरी पनि चुनाववाट एमाले जित्ने बताउनुभयो । उहाँले बालबालिकालाई शिक्षा, स्वास्थ्य र युवाहरुलाई रोजगार प्रदान गर्न नेकपा एमालेको सरकार बने मात्र सम्भव रहेको औल्याउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आगामी चुनावमा एमालेलाई सत्तासिन तुल्याउन युवा पंक्ति जुरमुराएको दावी गर्नु भयो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एवं युवा इ्न्र्चाज चक्रपाणी अर्याल बाणगंगाको भविष्यका निम्ती एमालेले फेरी पनि जित्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा सघं कपिलबस्तुका अध्यक्ष विजय कुंवरको अध्यक्ष, राष्ट्रिय युवा सघं नगर सचिव हरिशंकर पौडेल संचालन तथा जिल्ला सचिव एस पि सुवेदीको संचालनमा सम्पन्न भएको हो ।

यसैबीच नगर अधिवेशनले कमल क्षेत्रीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको हो । । जसको उपाध्यक्षमा कमल घिमिरे, सचिवमा महेन्द्र गिरी, सहसचिवमा प्रियंका थारु, कोषाध्यक्षमा सुवास पाण्डे सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका अध्यक्ष तेजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ८ : १६ बजे