४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

माछाले टोकेर दाङमा एकको मृत्यु



दाङ ।
दाङको लमहीमा अढाई जातको माछाले टोक्दा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टोकेरे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बेहोस भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ८ : ०९ बजे