४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

सरकारले झुक्याएर एमसीसी पास गर्न खोजेको छः ओली



काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाउनुभएको छ । काठमाण्डौ महानगर स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष ओलीले कांग्रेस र माओवादीकै सरकारको पालामा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको तर उनीहरु नबोलेको भन्दै आपत्ति जनाउनुभयो ।

‘कांग्रेस र एमाले हुँदा एमसीसी गरेका हुन्, अहिले यिनीहरु बोल्दैनन्, झुक्याएर पास गर्न खोजेका होलान्, एमसीसी के गर्ने भनेर शेरबहादुर देउवा जीले भन्नुपर्दैन ?, प्रचण्डले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’ ओलीले प्रश्न सोध्नुभयो । बिहानसम्म अस्वस्थ रहनुभएका ओली स्वास्थ्यमा सुधार आएपछि कार्यक्रमलाई सम्बोधन गर्न सभा गृह जानुभएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ३ : ५८ बजे