४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु गर्न देशभरका कार्यालयलाई विभागको पत्र



काठमाडौं ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार गरिसकेको छ । विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।

लाइसेन्सको लागि आवेदन दिनेहरूको सङ्ख्या देशभरबाट ६ लाख पुगेको छ । यी आवेदकको परीक्षा नसकी नयाँ आवेदन नखुलाउने विभागको तयारी छ । लिखित र ट्रायल परीक्षाका लागि आवेदकले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  १ : २७ बजे