४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले अध्यक्ष ओली अस्वस्थ



काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ, ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, पछिल्लो समयमा निकै धपेडीमा रहेको ज्वरो आएको हुनसक्छ ।

नेकपा एमालेको विभाजन भएर नेकपा (एस)को गठनपछि अध्यक्ष ओलीको भेटघाट बढेको बजगाईंले बताए । शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ११ : ५५ बजे