३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

सूर्य बरालद्धारा नेपाली कांग्रेस बाणगंगाको नगर सचिवमा उम्मेद्वारी घोषणा



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै जादा विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने नेताको संख्या बढीरहेको छ ।

यसैबीच नेपाली कांग्रेस कपिलवस्तुको बाणगंगा नगर सचिव पदमा सूर्य प्रसाद बरालले उम्मेद्वारी घोषणा गरेका छन् । बि.स. २०५० सालबाट नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेका बरालले पार्टीको बिभिन्न पदमा रही जिम्मेवारी निर्वाह समेत गरीसकेका छन् ।

बराल १२ औँ महाधिवेशनमा साविक मोतिपुर ३ मा उपसभापति पदमा रही काम गरेका थिए भने नेपाल यातायात मजदुर सघं कपिलवस्तुको जिल्ला कोषाध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय सदस्य, ट्रेड युनियन कांग्रेस कपिलवस्तुको निबर्तमान उपसभापति साथै कार्यबहाक सभापतिको जिम्मेवारी समेत कुशलता पूर्वक पुरा गरिसकेका छन् ।

पार्टीभित्र यातायात क्षेत्रमा काम गर्दा बरालले नेपाल इ रिक्सा चालक सघंको आफनै नेतृत्वमा सघंं श्रम बिभागमा दर्ता गरी सस्थांपक महासचिव समेत भएका थिए । हाल बाणगंगा नगर कार्य समितिका सल्लाहकार समिति सदस्य समेत रहेका बराल २०६२/६३ सालको आन्दोलनमा यस क्षेत्रबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।

अग्रजको सम्मान र युवाहरुको सहभागिताका लागि आफ्नो उम्मेद्वारी रहेको बरालको भनाई छ । उनले पार्टीको १३ औँ महाधिवेशनमा नगर सचिवमा उमेद्धवारी दिएको भएता पनि सहमतिमा जाने भनेपछि उनले उम्मेद्वारी फिर्ता समेत लिएका थिए । उनले यस क्षेत्रका दर्जन बढि सघं संस्थामा आवद्ध रही कामा समेत गरेका छन् ।

आफु अब निरन्तर सक्रिय राजनितिमा लाग्ने भएकाले हालको लागि अग्रजको सम्मान गर्दै नगर सचिवमा उम्मेद्वारी दिने र त्यसका लागि सबैले सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ७ : १४ बजे