४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुः विभिन्न पार्टी परित्याग गरी १ सय ५० बढि कांग्रेसमा प्रवेश



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि १ सय ५० बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ५ मा कांग्रेसद्धारा आयोजित पार्टी प्रबेश कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन । स्थानीय अगुवा कमलेश कुमार मिश्राको नेतृत्वमा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेको जनाइएको छ ।

स्थानीय नेता स्वतन्त्र राजनैतिक समूहका कमलेश मिश्रासंगै मुनेश्वर यादव, बिना नाउ, फुर्सत अली मियाँ, महिपाल गडरिया, सोमनाथ मिश्रा, कैलास प्र. मिश्र, कल्लु मियाँ, राम प्र. मिश्र लगायत १ सय ५० बढि पार्टीमा प्रवेश गराई साधारण सदस्यता प्रदान गरिएको नेपाली कांग्रेस यशोधरा गाउँपालिका समितिका सभापति जगदिश पाण्डेयले जनाएका छन् ।

कार्यक्रममा बोदै नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व राज्य मन्त्री सुरेन्द्रराज आर्चायले नेपाली कांग्रेस सबै वर्ग र जातको पार्टी भएकोले सबैको हित र विकासमा पार्टिले सधै काम गर्ने बताए ।

इकाई सभापति राधेश्याम दसौधीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा, प्रदेश सभा सदस्य रिना नेपाल जिल्ला सदस्य योगेन्द्र केसी, यशोधरा गाउँ सभापति जगदिश पान्डे (दिनेश पान्डे) क्षेत्रीय मुस्लिम संघका अध्यक्ष अब्दुल करिम खान, पूर्व गाविस अध्यक्ष मौलाना हारुन, वडा नं. ७ का इकाई सभापति हरिषचन्द्र पाठक , वडा नं. ७ का वडा अध्यक्ष चन्द्र प्रकाश दुबे, वडा नं. ५ का वडा अध्यक्ष लईश पठान, भगवानदास यादव, परुवा लाल यादव प्रेमलता भट्ट लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ७ : ०५ बजे