३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अर्घाखाँचीको ठाडामा काठमाडौंबाट सन्धिखर्क जादै गरेको हाईस दुर्घटना



मायादेवी अनलाइन, शितगंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ठाडामा हाइस दुर्घटनामा परेको छ । काठमाडौंबाट जिल्ला सदरमुकाम सन्धिखर्क जाँदै गरेको वा३ ख ८६३९ नं. को हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । मृतक भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका सन्जय विक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी २ जना गम्भिर घाइते भएका छन । चालक सहचालक सहित १३ जना यात्रु सवार रहेको हाम्रा सहकर्मी शिव सुवेदीले जानकारी दिनुभयो ।

गम्भिर घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचार पछि वुटवल पठाईएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । घटनाको थप बिबरण आउन बाँकी रहेको छ । हाईस सडकवाट १ सय मिटर तल खसेको छ ।

तस्बीर फाइल

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ६ : ४९ बजे