२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

कोरोना महामारीका बीच पनि कपिलवस्तुमा नागरिकता लिनेको भीड



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना माहामारीका बीच लामो समयको निषेधाज्ञाका अलवा सरकारी सेवा सुविधा पाउने भएपछि कपिलवस्तु लगायत तराईका जिल्लामा नागरिकता लिनेको प्रशासन कार्यालयमा भीड हुने गरेको छ ।

कपिलवस्तुका तीनवटा प्रशासन कार्यालयबाट वितेका बर्षमा मात्र पन्ध्र हजार बढीले नागरिकताको प्रमाण पत्र लिएका भएपनि दरवन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीले छिटोछरितो सेवा नपाएको गुनासो छ ।

प्रशासनका बाणगंगा, चन्द्रौटा, तौलिहवास्थीत तीनवटा शाखाबाट दैनिक नयाँ तथा प्रतिलिपि गरी प्रत्येक शाखाबाट एकसय देखि डेढसयको हाराहारीमा नागरिकता वितरण भएका छन् ।

कोरोना माहामारीका बीच लामो समयको निषेधाज्ञाका अलावा सरकारी सेवासुविधा पाउने भएपछि कपिलवस्तु लगायत तराईका जिल्लामा नागरिकता लिनेको प्रशासन कार्यालयमा भिड हुने गरेको छ । भीडभाडका कारण नागरिकता लगायतका काममा ढिला हुने गरेको बरकुलपुरकी सेवाग्राही लिला रेग्मीको गुनासो छ ।

गत आर्थिक बर्षमा मात्र जिल्ला प्रशासनका तीनवटा कार्यालयबाट पन्ध्र हजार बढिले नागरिकता लिएका छन् । सरकारले तराईका जिल्लामा गतवर्ष देखि बाल पोषण भत्ता उपलब्ध गराउन थालेपछि नागरिकता लिनेको संख्या बढेको हो ।

प्रशासनका अधिकारीले सेवाग्राहीको निषेधाज्ञा पछि एक्कासी भीड बढेकाले नागरिकता लगायतका काममा केही ढिलाइ हुन गए पनि छिटोछरितो सेवासुविधा दिन लागि परेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

ईलाका प्रशासन कार्यालय बाहेक जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहादानीका अतिरिक्त शान्ती सुरक्षा, ठाडो उजुरी, हातहतियार नविकरण, पेन्सन पट्टा, बिभिन्न मुद्धा मामिला, नयाँ संस्था दर्ता लगायतका कामको जिम्मा पाएकाले समेत अन्यत्र भन्दा जिल्ला प्रशासनमा सेवाग्राहीको भिड हुने जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ६ : ३० बजे