४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

असोज पहिलो सातासम्म जहिले पनि पहिरो खस्न सक्ने



काठमाडौं ।
अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानले देशका धेरै ठाउँमा नोक्सानी गरेको छ । केही दिनयता वर्षाको धेरै असर लुम्बिनी र गण्डकी प्रदेशमा परेको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार आउँदो असोज पहिलो हप्तासम्म नेपालमा मनसुन रहने सम्भावना छ । यसले गर्दा यो अवधिसम्म नै बाढी, पहिरो र डुबानको जोखिम रहेको छ । पानी पर्न छोडे पछि बाढी र डुबानको जोखिम कम हुने भए पनि पहिरो जाने जोखिम भने उस्तै रहने उहाँले बताउनुभयो ।

पानी पर्न रोकिँदा पनि सुख्खा पहिरो जाने जोखिम रहने मौसमविद् वरुण पौडेलले बताउनुभयो । लगातारको झरीले जमिन भिजिसकेकाले पानी पर्न कम हुँदा पनि पहाडी क्षेत्रमा पहिरोको जोखिम भने उस्तै रहने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । विशेषगरी भिरालो जमिनमा घर भएकाहरु र यात्रा गर्नेहरु चनाखो हुुनुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ६ : ०७ बजे