३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

एमाले एक्लैले दाङका स्थानीय तह जित्ने शंकर पोखरेलको दाबी



दाङ ।
नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा एमाले लुम्बिनी प्रदेशका ईन्चार्ज शंकर पोखरेलले अब दाङ देउखुरीमा रहेका ४ पालिका र ३ निर्वाचन क्षेत्र अब एक्लै एमालेले जित्ने बताउनुभएको छ ।

पहिले देखुरीमा जित्नका लागि माओवादी केन्द्रसँग मिल्नु परेपनि अब भने एमालेले कसैसँग नमिले र एक्लैले सबै क्षेत्रमा जित हात पार्ने दाबी गर्नुभयो ।

देउखुरी क्षेत्रमा रहेको दाङ निर्वाचन क्षेत्र नं. १ को कार्यक्रता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री पोखरेलले जनताले अब एमाले बाहेक अन्य पार्टीले विकास गर्न नसक्ने बुझिसकेको भन्दै आउने चुनावमा देउखुरीमा एमालेलाई जिताउने जिकिर गर्नुभयो ।

देउखुरी क्षेत्रमा प्रदेशकै राजधानी बनाउदेखि शिक्षा स्वास्थ्यको अवस्थामा सुधार ल्याउने काम एमालेले गरेको उहाँले बताउनुभयो । विकास निर्माण गर्ने काम गर्ने पार्टीलाई नजिताएर अन्य पार्टीलाई देउखुरीका जनताले जिताउन नसक्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ५ : ३८ बजे