३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

पाल्पामा काँग्रेसको अधिवेशन स्थगित



पाल्पा ।
नेपाली काँग्रेस पाल्पाको शुक्रबार हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । निर्वाचन अधिकृत आउन ढिलाइ भएको र क्रियाशील सदस्यता छुटेका केही स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने जनाएपछि स्थगित गरिएको हो ।

नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति वीरबहादुर रानाले निर्वाचन अधिकृतको कार्यव्यतस्तता र केही वडाका क्रियाशील सदस्यको नाम छुटेपछि रोकिएको बताए । शनिवार पार्टीको बैठक बसेर अधिवेशनको नयाँ मिति तोकिने उनले बताए ।

पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेको छ । जिल्लामा ४ हजार ७ सय र नयाँ ४ हजार ४ सय ५८ गरी ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ५ : ३६ बजे