३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बुटवल–पाल्पा सडक आज पनि ११ घण्टा बन्द हुने, दिउँस खुला



मायादेवी अनलाइन, चारनम्बर ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड आज पनि ११ घण्टा बन्द हुने भएको छ ।

सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका ८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन आज साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । दिउँसोको समयमा भने सडक नियमित सञ्चालन हुनेछ ।

उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । हिजो पनि सोही समयमा ११ घण्टा बन्द गरिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८ शुक्रबार ००:००  ८ : ११ बजे