३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

इंग्ल्यान्डको खराब सुरुवात, भारत अलआउट



काठमाडौं । घरेलु टिम इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टको पहिलो इनिङ्समा भारत १ सय ९१ रन जोड्दा अलआउट भएको छ ।

द ओभलमा बिहीबार इंग्लिस बलर चम्किदा भारत सस्तैमा समेटिएको हो ।भारतका सार्दुल ठाकुरले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

इंग्ल्यान्डका क्रिस वोक्सले ४ विकेट लिए । ओली रोबिन्सनले ३ विकेट लिए ।भारतलाई सस्तैमा समेटर पहिलो इनिङ्स थालेको इंग्ल्यान्डले समेत खराब सुरुवात गरेको छ ।

इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदासम्म ३ विकेट गुमाएर ५३ रन जोडेको छ ।कप्तान जोए रुट २१ रनमा आउट भए । डाविड मालन २६ रनमा अविजित छन् ।

भारतका जस्प्रित बुम्राहले २ विकेट लिए ।दुई टिमबीचको पाँच खेलको सिरिज १-१ को स्थितिमा रहेको छ।

प्रकाशित मिति : १८ भाद्र २०७८ शुक्रबार ००:००  ६ : ५५ बजे