३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

श्रीलंकासँग दक्षिण अफ्रीका पराजित




काठमाडौं । घरेलु टिम श्रीलंकाले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।कोलम्बोमा बिहीबार राति श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको हो ।

यस जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ ।दुई टिमबीचको दोस्रो खेल शनिबार हुनेछ ।श्रीलंकाले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले ९६ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै रस्सी भान डेर डुसेनले ५९ रन जोड्दा हेन्रिच क्लासेनले ३६ रन बनाए । कप्तान टेम्बा बाभुमा ३८ रन जोड्दा रिटायर्ड हर्ट भए ।

श्रीलंकाका अकिला धनन्जयले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन जोडेको थियो ।श्रीलंकाका अभिस्का फर्नान्डोले १ सय १८ रनको शतकीय इनिङ्स खेले ।चारिथ असालंकाले ७२ रन जोड्दा धनन्जय डी सिल्भाले ४४ रन बनाए ।दक्षिण अफ्रीकाका कागिसो राबडा र केशव महाराजले २र२ विकेट लिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८ शुक्रबार ००:००  ६ : ५० बजे