३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

सिग्देल नेतृत्वको एमाले मकवानपुर कमिटी एकीकृत समाजवादीमा रुपान्तरित



हेटौंडा ।

मुनु सिग्देलको नेतृत्वमा रहेको नेकपा एमालेको मकवानपुर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीमा रुपान्तरण भएको छ । पार्टीको केन्द्रीय सदस्य समेत रहेकी सिग्देलको नेतृत्वमा रहेको एमालेको समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा रुपान्तरण भएको हो ।

बिहीबार हेटौंडामा आयोजित जिल्ला स्तरीय बैठक तथा पार्टी रुपान्तरण कार्यक्रमबाटै जिल्ला नेतृत्व पनि चयन गरिएको छ । तत्कालीन नेकपा एमाले सचिवालय सदस्य रहेका श्रीधर पोखरेल एकीकृत समाजवादी मकवानपुरको जिल्ला अध्यक्ष घोषित भएका छन् ।
यसअघि एमालेको जिल्ला कमिटी सहसचिव रहेकी मीना लामालाई उपाध्यक्ष र सचिवमा विष्णुप्रसाद दाहाललाई तोकिएको छ । पार्टीको कार्यालय सचिवमा तिलक अधिकारीलाई निरन्तरता दिइएको नेकपा एकीकृत समाजवादी की केन्द्रीय सदस्य सिग्देलले बताइन् ।
जिल्ला कमिटी सदस्यको संख्या २५५ रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ६ : १४ बजे