३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

वाणगंगाको वडा नम्बर ४ झुँगामा ‘वडास्तरीय ए लेभल ब्याडमिन्टन’ हुँदै



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगामा ‘वडा स्तरीय खुल्ला ए लेभल ब्याडमिन्टन’ प्रतियोगिता हुने भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर मुहान युवा क्लवले प्रतियोगिताको आयोजना गरेको हो ।

कुवेरापुरमा रहेको चौपारीमा शुक्रबार (भोलि) र शनिबार प्रतियोगिता हुने खेल संयोजक प्रकाश सेनले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । सोही अवसरमै वडास्तरीय ‘लेभल बि’ प्रतियोगिता पनि हुने उहाँको भनाई छ ।

प्रतियोगिताको ए लेभल विजेताले नगद रु १०, प्रमाण पत्र र मेडल पाउने छन् भने दोश्रो हुनेले ५ हजारसहित मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा पहिलो पुरस्कार कुँवर हार्डवेयरले सौजन्य गरेको छ भने दोश्रो पुरस्कार पराजुली ट्रेडर्सले गरेको क्लवले जनाएको छ । यता लेभल बी तर्फको पहिलो पुरस्कार सौजन्य एचएम विल्डर्सले गरेको क्लवका फडिन्द्र प्रताप सेनले बताउनु भयो ।

प्रतियोगितामा दुवैतर्फ गरी २५ जोडिले भाग लिने अनुमान गरिएको छ । प्रतियोगितामा नाम दर्ताको लागि शुक्रबार दिउँससम्म समय तोकिएको क्लवका अशोक उच्चै र अर्विन मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा ४ नम्बर वडाभित्रका खेलाडीले मात्र भाग लिन पाउने छन् ।

पछिल्लो समय नगरमा ब्याडमिन्टनप्रति युवाको आकर्षण बढेको तथा जुनिरयर र सिनियर खेलाडीको संख्या पनि बढी भएका कारण लेभल ए र बी प्रतियोगिता गरिएको क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनले जानकारी दिनुभयो । प्रतियोगिताको तयारीको लागि लाइट, कोर्ट निर्माण, सजावट लगायतका कार्य भइरहेको क्लवका सल्लाहाकार राजन सेनले ले बताउनु भयो ।

बिभिन्न मानवीय र सामाजिक काम गरिरहेको क्लवले युवाहरुलाई कुलत लगायतबाट जोगाउन बचाउन समयसमयमा खेलकुदका कार्यक्रम पनि गरिरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ४ : ३७ बजे