३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

पछिल्लो २४ घण्टामा २ हजार संंक्रमित थपिए, १६ जनाको मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा २ हजार ०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ६४० वटा नमूना पीसीआर १०,६५८ र एन्टीजेन ३,९९२० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा ११ हजार ७०० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७८६ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म आईसीयूमा ५४४ जना, भेन्टिलेटरमा १६६ जना, होम आइसोलेशनमा ३१,६१९ जना, संस्थागत आइसोलेशनमा २,३२७ र क्वारेन्टाइनमा ३०२ जना रहेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ४ : ३४ बजे