३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रदेश १ः मुख्यमन्त्री भीम आचार्यको नियुक्ती बदर गर्न विपक्षी गठबन्धनको माग



विराटनगर ।

प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्त बदर गर्न माग गरेका छन् । विपक्षी गठबन्धन दलको बिहीबार बसेको संयुक्त बैठकले मुख्यमन्त्री आचार्यको नियुक्ती बदर गर्न माग गरेका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटीको संयुक्त बैठकले नेकपा एमाले विभाजनपछि बहुमत गुमाएको अवस्थामा प्रदेश प्रमुखले हठात नयाँ मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ती बदर गर्न माग गरेका हुन् ।

बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा गठबन्धन दलहरुले प्रदेश १ मा सरकारको नेतृत्व गरीरहेको दल नेकपा एमाले औपचारिकरुपमा विभाजन भई प्रदेश सरकारले बहुमत गुमाएको अबस्थामा हठातमा प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका रुपमा आचार्यलाई नियुक्त गरि सपथग्रहण गराउने काम असंवैधानिक भएको ठहर गरेका छन् ।

त्यसैगरी गठबन्धनले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेकाले सरकार अल्पमतमा परेकाले असंवैधानिक तवरले नियुक्त सरकारले कुनैपनि दुरगामी असर पर्ने निर्णय नगर्न नगराउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ४ : ३० बजे