३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रामचन्द्र पक्षमा खुले प्रभावशाली युवा नेता गगन थापा, देउवालाई धक्का



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका छन् । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् । अघिल्लो महाधिवेशनमा गगन सिटौला पक्षबाट महामन्त्री लडेका थिए ।

अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् । गगन राम चन्द्र पक्षमा खुलेसंगै सभापति शेर बहादुर देउवालाई ठुलो धक्का लागेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ३ : ४४ बजे