३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु



कपिलवस्तु ।

करेन्ट लागेर कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । टेवल पङ्खा जोड्ने क्रममा करेन्ट लागेर कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  १ : ५८ बजे