३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भारतीय टेलिभिजनका चर्चित अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु



काठमाडौँ ।

बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । बिग बोस १३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औपधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ । शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए ।

उनले टेलिशृंखला ुबबुलका आगन छुटे नाु, जाने पेहेचाने से ये अजनवीु, लभ यु जिन्दगीुमा अभिनय गरेका थिए । तर बालिका बधुुबाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो बिग बोस १३ बाहेक उनी झलक दिखलाजा६, फियर फ्याक्टर खत्रोंका खिलाडी ७ मा पनि सहभागी भएका थिए । उनले सन् २०१४ मा हम्टी शर्माकी दुल्हनियाँमा साहयक अभिनेताको भूमिका गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  १२ : ३१ बजे