३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रबाट निर्वाचित दुवै प्रदेश सांसद एकीकृत समाजवादीमा



काठमाडौं ।

एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी)मा लागेका छन्।
बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र १ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र २ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी रोजेका छन्।

२०७४ को निर्वाचनमा लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका थिए भने हुमागाईंले २८ हजार ६ सय ७७ मत ल्याएकी थिइन्।
एमाले विभाजनपछि बागमती प्रदेशका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन्।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  १२ : २० बजे