३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

टी-२० वरीयतामा एक स्थान खस्कँदै नेपाल १३औं स्थानमा



काठमाडौं ।

आईसीसी टी(२० वरीयतामा नेपालमा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी०ले बुधबार अपडेट गरेको वरीयतामा नेपालको वरीयता खस्किएको हो ।

यसअघि १२औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३औं स्थानमा छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२औं स्थानमा उक्लेको छ ।

नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता ११ औं स्थान हो ।टी(२० नयाँ वरीयताको इंग्ल्यान्ड शीर्ष स्थानमा, भारत दोस्रोमा, पाकिस्तान तेस्रोमा, न्युजिल्याण्ड चौथोमा र दक्षिण अफ्रिका पाँचौ स्थानमा छ । यस्तै अष्ट्रलिया छैटौ, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, वेष्ट इन्डिज दशौँ र जिम्बाव्वे ११औं स्थानमा छ ।

नेपाल ओडीआई वरीयतामा १६औं स्थानमा रहेको छ ।आईसीसी विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली हाल ओमानमा छ । त्यसअघि नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेपालल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  १० : १६ बजे