१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

नेपाल र भारतबीचको खेल आज, हिमालय टेलिभिजनबाट लाइभ हेर्न सकिने



काठमाडौं । नेपालले बिहीबार भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अपरान्ह साढे पाँच बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।नेपालले भारतसँग दोस्रो खेल भने आइतबार खेल्नेछ ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

दर्शकलाई प्रवेश

कोरोना महामारीबीच हुन लागेको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिईने भएको छ।अखिल नेपाल फुटबल संघ एन्फाले ५१ सय दर्शकलाई सरकारले अनुमति दिएको जनाएको छ ।तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको हुनु पर्नेछ। अथवा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ।

टिकट मूल्य
सरकारले दर्शकलाई अनुमति दिएसँगै एन्फाले दुई मैत्रीपूर्ण खेलको टिकट मूल्य तोकेको छ ।एन्फाले सामान्य प्यारापिटतर्फ १ हजार र भीआईपीतर्फ २ हजार टिकट मूल्य राखेको छ ।टिकट प्रभु पेबाट किन्न सकिनेछ ।

प्रत्यक्ष प्रशारण

मैत्रीपूर्ण अन्तर्गत दुबै खेल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।एन्फाले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ६ : २३ बजे