३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गर्त बर्ष वैदेशिक रोजगारीमा गएका कपिलवस्तुका २२ जनाको मृत्यु



मायादेवी अनलाइन, चारनम्बर ।

वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका कपिलवस्तुका २२ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा मात्रै कपिलवस्तुका २२ पुरुषले विदेशमा ज्यान गुमाएका हुन् ।मृत्यु हुनेमा धेरै साउदी अरब, मलेसिया र कतारमा गएकाहरु रहेका छन् ।

गत बर्ष विदेश गएर ज्यान गुमाउने सबैभन्दा धेरै पश्चिम नवलपरासीका ४० जना पुरुष रहेका छन् भने पूवी नवलपरासीका ८ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी प्रदेशमा पाल्पाका २३ जना, गुल्मीका १४ जना र अर्घाखाँचीका १७ जनाले कामको शिलशिलामा गत बर्ष विदेशमा ज्यान गुमाएका वोर्डको तथ्याङ्कमा उल्लेख छ ।

गएको वर्ष नेपालका ६७ जिल्लाका १२ सय ४२ जनाको विदेशमा ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदीमा छ । साउदी अरबमा मात्रै ३६२ जना नेपाली श्रमिकले रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । साउदीपछि कतारमा २३९ जना र मलेसियामा २८० जनाको ज्यान गएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ६ : १४ बजे