३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा हुने



काठमाण्डौ – कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उहाँले बताउनुभयो । यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।

कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ८ : ५६ बजे