३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

विक्की अग्रवाल र सन्तोष थापा फाइनलमा



काठमाडौं ।

टीभी रियालिटी शो कमेडी च्याम्पियनको अघिल्लो एपिसोडमा अत्यधिक चर्चामा आएका प्रतियोगी विक्की अग्रवाल अन्ततः फाइनलमा पुगेका छन् । दर्शकको भोटबाट विक्कीसहित सन्तोष थापा फाइनलका लागि छानिए भने हिक्मत महरा आउट भए ।
यसअघि टप ४ को प्रतिस्पर्धाबाट निर्णायकहरुको छनोटका आधारमा भरतमणि पौडेलले फाइनलमा स्थान बनाइसकेका छन् । अब उपाधिका लागि भरतमणि, विक्की र सन्तोषको त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ । यद्यपि, यसबारे कमेडी च्याम्पियन टिमले औपचारिक जानकारी भने दिएको छैन ।
कमेडी च्याम्पिसन सिजन २ को फाइनल आगामी २ असोजमा हुने छ । त्योभन्दा अघि तीनैजना प्रतियोगीहरु आ-आफ्नो गृहनगरको भ्रमणमा जानेछन् । भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाका र विक्की सिक्कमका हुन् ।
टप ४ को प्रतिस्पर्धामा भरतमणि र विक्कीको सर्वाधिक चर्चा भएको थियो । भरतमणिले पूर्वयुवराज पारसको नक्कल उतारेर वाहवाही बटुलेका थिए । विक्कीले चाहिँ ‘पेन्टोमाइम’ प्रस्तुति दिए, जसमाथि सामाजिक सञ्जालमा निकै बहस भयो । उनको प्रस्तुतिमा आलोचनात्मक टिप्पणी गरेका निर्णायक सन्तोष पन्त विवादमा परेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ६ : ३५ बजे